ओरालो लाग्यो आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर भाउ, आज गुमाउनेहरु कुन कुन हुन् ?
काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर भाउ १० प्रतिशत घटेको हो ।
साताको तेस्रो कारोबार दिन आत्मनिर्भर लघुवित्तको सेयर भाउ प्रतिकित्ता ६७३.२० रुपैयाँ घटेर ६ हजार ५८.८० रुपैयाँ कायम भएको छ । यता, दोल्तीको सेयर भाउ पनि प्रतिशत कित्ता ८३.८० प्रतिशत घटेर ७५४.२० रुपैयाँ कायम भए को छ।
यस्तै, आज भुगोल इनर्जीको सेयर भाउ पनि ८.४९ प्रतिशत घटेको छ।
उक्त दिन उपकार लघुवित्त, सनराइज फोकस्ड इक्वटी, बाराही हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।