यी हुने आज उच्च दरमा सेयर भाउ बढेका कम्पनीहरु, प्रतिकित्ता कुनको कति ?
काठमाडौं । साताको चौंथो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
बुधवार समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ६४.४० रुपैयाँ बढेर ७०८.४० रुपैयाँ कायम भएको छ । यता, सिन्धुको भने ९५.३० रुपैयाँ वृृद्धि भई १ हजार ४९.२० रुपैयाँ कायम भएको छ ।
उक्त दिन चिरख्वा हाइड्रोपावरको सेयर भाउ पनि ९.८३ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको ९.७० प्रतिशत, न्यादी हाइड्रोपावरको ९.३३ प्रतिशत वृद्धि भएको छ।
आज यी कम्पनीहरुसहित आत्मनिर्भर लघुवित्त, रिलायन्स फाइनान्स, ग्रीन डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना, जानकी फाइनान्स, माया खोला,सेन्ट्रल फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।