चौंथो कारोबार दिनः आज क–कसले गुमाए सर्वाधिक ?
काठमाडौं । बुधवार सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २३० रुपैयाँ घटेको हो ।
साताको चौंथो कारोबार दिन बाराही हाइड्रोपावरको सेयर भाउ पनि ९.६९ प्रतिशत घटेको । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२.६० रुपैयाँ घटेर ७७० रुपैयाँ कायम भएको छ ।
आज यी त्रिशुली जलविद्युत कम्पनी, दोल्ती पावर, दोर्दी खोला जलविद्यूत लगायतका लगानीकर्ताले गुमाएका छन् ।