उच्च दरमा बढ्यो ६ कम्पनीको सेयर भाउ, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ ।
सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७.३० रुपैयाँ बढेर ९६०.३० रुपैयाँ कायम भएको छ ।
यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर भाउ ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्टको ८.८१ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.४१ प्रतिशत र नेपाल एसबिआई बैंकको ७.३० प्रतिशत वृद्धि भएको छ ।
आज यी कम्पनीसहित लक्ष्मी लघुवित्त, माया खोला, खानीखोला, न्यादी हाइड्रोपावर लगायतका लगानीकर्ताले आज उच्च दरमा कमाएका छन् ।
