साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा केही सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ७.३३ अंक घटेको हो ।
बुधवार सामान्य वृद्धि भएको बजार आज घटेको छ । बिहीबार बजार परिसूचक २ हजार ५८८.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ।

हाइड्रोपावर, उत्पादन तथा प्रशोधन समूह व्यापार समूह, अन्य समूह र म्युचुल फन्ड वृद्धि भएका छन् । यी बाहेकका समूहहरु भने राताम्य बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि केही सुधार देखिएको छ । आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच भएको छ।
उक्त दिन सिन्धु विकास बैंकको सर्वाधिक २ं८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा भने एनआरएन इन्फ्रास्ट्रक्चर छ । सो कम्पनीको आज २१ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, आज सानिमा मिडल तमोरको १४ करोड ४२ लाख, जानकी फाइनान्सको १३ करोड २५ लाख, पोखरा फाइनान्सको ११ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
