पोखरा र जानकी फाइनान्स सहित यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । बिहीबार पोखरा फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत घटेको हो । उक्त दिन प्रतिकित्ता ४८.१० रुपैयाँ घटेर ४३३ रुपैयाँ कायम भएको छ।
साताको अन्तिम कारोबार दिन जानकी फाइनान्सको सेयर मूल्य पनि ९.३९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.१५ प्रतिशत घटेको छ ।
आज गुडविल फाइनान्सको ऋणपत्र २०८३, रिलायन्स फाइनान्स, गहुेश्वरी मर्चेन्ट, समृद्धि फाइनान्स, न्यादी हाइड्रोपावर, नेपाल फाइनान्स लगायतका दर्जनौं कम्पनीका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।


