थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
९ माघ २०८१, बुधबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । बुधवार थप दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

उक्त दिन साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

साहस उर्जाको ८ प्रतिशत बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युतले ४.७५ प्रतिशत बापतको ५ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्