पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन उच्च दरमा कमाउने दर्जन कम्पनीहरु

काठमाडौं । मंगलबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थि«स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।
सातको तेस्रो कारोबार दिन सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशत, सिन्धु विकास बैंकको ९.४७ प्रतिशत, मितेरी डेभलपमेन्टको ८.८३ प्रतिशत, ग्रीन डेभलपमेन्टको ८.१९ प्रतिशत वृद्धि भएको छ ।
यी कम्पनीसहित आज एक्सेल डेभलपमेन्ट, नेपाल रिपब्लिक मिडिया, शाइन रेसुङ्गा, सनराइज फोकस्ड इक्विटी, पाँचथर पावर लगायतका दर्जन कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।

