दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
२७ माघ २०८१, आईतवार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा खुम्चिएको छ ।

आज कारोबार भएका ३०५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर किनबेच भएको छ । आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन ४ उपसूचक मात्र बढे । बाँकि ९ उपसूचक राताम्य बनेको छ ।

यस दिन २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र आजबाट दोस्रो बजारमा कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यो सँगै अन्य ६८ कम्पनीको सेयर मूल्य बढेका छन् ।

बजार घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावरसहित १६८ कम्पनीको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमको आधारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन डेभलपमेन्ट कम्पनी अग्र स्थानमा छ । कम्पनीको ३१ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्