पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंकको सेयरधनीलाई आग्रह

काठमाडौं । पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंक लिमिटेडल आफ्ना सेयरधनीहरुलाई अनुराधे गरेको छ । विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
बैंकले आव २०५५/५६ देखि २०७५/७६ सम्मको लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्ररडिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन सक्नेछन् ।
उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको नामसहितको विवरण बैंकको वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।