सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश दिने
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्षका लागि २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
क्यापिटलले गत वर्ष २०८०–८१ को मुनाफाबाट कर सहित २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश पारित गर्नका लागि क्यापिटलले साधारण सभा पनि बोलाएको छ । आउँदो असोज १८ गते क्यापिटलले वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरि पारित हुने एजेन्डा छ । यसका सार्थ आव २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त पनि गर्नेछ ।