आइपीओ ल्याउन लागेको मारुती सिमेन्ट्सले घोषणा गर्यो लाभांश « Arthapath.com
१८ आश्विन २०८१, शुक्रबार

आइपीओ ल्याउन लागेको मारुती सिमेन्ट्सले घोषणा गर्यो लाभांश



काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई (कर सहित) ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा बिहान सढे ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल गरि पारित हुनेछ । सोही सभाले चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले ३७७ रुपैयाँका दरले १ करोड १६ लाख कित्ता आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।


प्रतिक्रिया दिनुहोस्