थप दुई कम्पनीले लाभांश घोषणा, कसले कति दिने भए बोनस र नगद ? « Arthapath.com
९ कार्तिक २०८१, शुक्रबार

थप दुई कम्पनीले लाभांश घोषणा, कसले कति दिने भए बोनस र नगद ?



काठमाडौं । शुक्रबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेशनल लाइफ र सगरमाथा जलविद्युत कम्पनीले यो वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

नेशनल लाइफले यो वर्ष १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत लाभांश दिने भएको हो ।

यता, सगरमाथा जलविद्युत कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले यो वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर १४ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक २६ गते बुक क्लोज गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्