यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज (मंगलबार) २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।