नेप्सेमा सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

नेप्सेमा सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार नेप्सेमा बैंकको १०.२५ प्रतिशत ब्याजदर रहेको ‘सिभिल बैंक डिवेञ्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो ।

बैंकको १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकको उक्त ऋणपत्र भोलिदेखि नेप्सेमा कारोबार शुरु हुनेछ ।

बैंकले गत मंसिर २४ गते शुक्रवारदेखि पुस ७ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले ३ अर्ब रुपैयाँ बरावरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । कूल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट बिक्री गरेको थियो । सर्वसाधारणको लागि निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्र मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

बैंकले १० वर्ष अवधिका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्