प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ ।
बैंकको ‘१०५ प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ अंकित मूल्य दरका कुल १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्