१ अर्बको ऋणपत्र निष्काशनका लागि महालक्ष्मी विकास बैंकले पायो बोर्डबाट अनुमति « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

१ अर्बको ऋणपत्र निष्काशनका लागि महालक्ष्मी विकास बैंकले पायो बोर्डबाट अनुमति



काठमाडौं । अब महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकलाई ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको हो ।

बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशनका लागि बैंकले चैत ५ अनुमति पाएको हो ।

बैंकले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्