नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
४ फाल्गुन २०८०, शुक्रबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले गत फागनु १ गतेदेखि ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरमा ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त ऋणपत्रको अवधिमा भने १० वर्षको रहेको छ भने वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । ब्याज रकम भने प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

कुल निष्कासन हुने ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

उक्त ऋणपत्रत्र खरिदका लागि लगानीकर्ता न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्