नेपाल राष्ट्र बैंकले जारी गरेको दुई विकास ऋणपत्रहरु सूचीकृत

काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र सूचीकरण गरिएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् ।
नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी ०८०३२०८९ (२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।
यी दुई ऋणपत्रको भुक्तानी मिति भने क्रमशः २०८९ बैशाख २० गते र २०८७ जेठ ७ गते रहेको छ ।