३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न एभरेष्ट बैंकले सेबोनसँग माग्यो अनुमति

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । सो बराबरको ऋणपत्र बिक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न बोर्डसँ अनुमति मागेको हो ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।