हरित ऋणपत्र निष्काशन गर्न निफ्राले पायो बोर्डको अनुमति « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

हरित ऋणपत्र निष्काशन गर्न निफ्राले पायो बोर्डको अनुमति



काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंकले पाँच अर्ब बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले “निफ्रा हरित उर्जा ऋणपत्र ६%-२०८८/८९” नामक हरित ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो ।

७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)’ निष्काशन गर्ने भएको छ । निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

उक्त ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।

बैंकको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्