तिज नजिकै गर्दा सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । तिज आउन ५ दिन बाकि रहँदा आज सुनचाँदीको भाउ घटेको छ ।
आज तोलामा २ सय रुपैयाँ घटेर सुन तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साउन महिनाको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जानकारी दिएको छ ।