आइतबार सुनको भाउ ३ सयले बढ्यो, चाँदीमा सामान्य गिरावट « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

आइतबार सुनको भाउ ३ सयले बढ्यो, चाँदीमा सामान्य गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।आज सुन तोलामा ३ सयले बढेर प्रतितोला छापावाला सुन ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ३ सय ५० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्