असार १ गतेदेखि ६१ करोड २७ लाखको हकप्रद सेयर जारी गर्दे राप्ती हाइड्रो

काठमाडैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड ६१ करोड रुपैयाँ बढीको हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आगामी असार १ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ ।
कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको छ । त्यस अनुसार जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
आवेदन असार २२ गतेसम्म दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ ।