नबिल बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक ४१.७७ अंकले घटेर २३४३.८७ अंकमा बन्द भएको थियो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
साताको नेस्रो दिन नेप्सेमा सुधार आए पनि कारोबारमा भने खासै सुधार आउन सकेको छैन । कारोबार १ अर्ब ३२ करोड रुपैयाँमा सिमित हुदाँ आज नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले आज ६ करोड ३० लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिरीको ४ करोड ३५ लाख ९० हजार, महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख २१ हजार, अरुण ब्याली हाइड्रोपावर डेभलपमेन्टको ३ करोड ५५ लाख ७३ हजार, अपी पावरको ३ करोड ३८ लाख ४४ हजार, मेरो हाइक्रोफाइनान्सको ३ करोड ११ लाख ४० हजार र निफ्राको ३ करोड ४४ हजार रुपैयाँको कारेबार भएको छ ।