नेष्डो समृद्ध लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । हिजो सुधार आएको नेप्से आज भने ओरालो लागेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से ओरालो लागेर कारोबार समेत खुम्चिएको छ । आज सर्वाधिक कारोबार नेष्डो समृद्धि लघुवित्तको शेयरको छ । कम्पनीको आज १४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआईसि एशिया बैकको ५ करोड २ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको ४ करोड २९ लाख ८० हजार रुपैयाँ, अरुण ब्याली हाइड्रोपावर डेभलपमेन्टको ४ करोड १५ लाख ३४ हजार र नबिल बैंकको ३ करोड ५७ लाख ८२ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।