नेष्डो समृद्ध लघुवित्तको शेयरमा नकारात्मक, आज यी कम्पनीको शेयर सर्वाधिक बढ्यो-घट्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेष्डो समृद्ध लघुवित्तको शेयरमा नकारात्मक, आज यी कम्पनीको शेयर सर्वाधिक बढ्यो-घट्यो



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएको छ ।

नेप्से आज राताम्य हुदाँ कारोबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा खुम्चिएको छ । नेप्से घट्दा कारोबार समेत खुम्चिएको हो ।

बुधबार दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त र ग्रीनभेन्र्चसको शेयरका सर्किट लागेको हो । त्यस्तै, सामुदायिक लघुवित्तको ३.०८ प्रतिशत, एसबिआई डिबेञ्चरको १.९८ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डको १.६८ प्रतिशतले बढेको हो ।


साथै, आज नेष्डो समृद्ध लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन उर्जा विकासको ६.२९ प्रतिशत, तेह्रथुम पावरको ६.१२ प्रतिशत, यूनियन हाइड्रोपावरको ६.०५ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको ५.८१ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्