२७ कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको पहिलो दिन स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ९५.४६ अकंले बढेर २४२०.९१ अकंमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच भएको छ । नेप्से उच्च अकंले बढ्दा कारोबार भने २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँमा सिमित रहेको छ ।
आज नेप्से बढेर कारोबार २ अर्ब ५३ करोड रुपैयाँमा सिमित हुदाँ २७ कम्पनीको शेयरमा सर्किट लागेको छ । नेशनल हाइड्रो पावर, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण ब्याली हाइड्रोपावर डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, यूनिर्भसल पावर, हिमाल दोलाखा हाइड्रोपावर लगायत २७ कम्पनीको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै आज नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको शेयरमा नकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्तको २.८५ प्रतिशत, लक्ष्मी डिबेञ्चरको २ प्रतिशत र सिद्धार्थ इक्वाटी फण्डको ०.५७ प्रतिशतले घटेको हो ।
