जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधक कमाए-गुमाए



काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्दा भएको छ । सोमबार भने स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.९५ अकंले घटेर २३८६.०१ अकंमा बन्द भएको थियो ।

पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से घटेर कारोबार समेत १ अर्ब ४ करोडमा खुम्चिदा १ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २ को ५.०६ प्रतिशत, किसान लघुवित्तको ४.०२ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.६७ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को ३.३४ प्रतिशत, ग्लोबल आइएमई समुन्नति योजना १ को ३.१८ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ को २.८८ प्रतिशतले बढेको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा हिमालयन पावर पाटनर रहेको छ । कम्पनीको शेयर आज ५.४१ प्रतिशतले घटेको हो । साथै, मल्टीप्रपोज फाइनान्सको ५.०३ प्रतिशत, यूनाइटेड इर्दी मार्दी आरबि हाइड्रोपावरको ४.०२ प्रतिशत, माहुली लघुवित्तको ३.७३ प्रतिशत र सामुदायिक लघुवित्तको ३.४४ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्