नेप्से २० अकंले घट्दा कारोबार साढे एक अर्बमा सिमित, १३ वटै उपसूचक राताम्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से २० अकंले घट्दा कारोबार साढे एक अर्बमा सिमित, १३ वटै उपसूचक राताम्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से राताम्य भएको छ । बिहिबार नेप्से २० अकंले घटेर २३५६.१७ अकंमा बन्द भएको छ । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको थियोे ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से हिजो सामान्य अकंले बढे पनि आज भने गिरावट आएको छ । नेप्से घट्दा कारोबार पनि खुम्चिरहेको छ । केही महिना यता कारोबारमा आसै सुधार आएको छैन ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.४ प्रतिशत, ब्यापार समूहको १.४७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८४ प्रतिशत, विकास बैंक समूहको १.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.८५ प्रतिशत, फाइनान्स समूहको १.६९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.३४ प्रतिशत, अन्य समूहको १.४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.७९ प्रतिशत, जीवन बीमा समूहको १.१८ प्रतिशत, म्युचुअल फण्डको ०.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.२१ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्