नेप्से ३१.७६ अकंले घट्दा कारोबार १ अर्ब २६ करोडमा खुम्चियो, १३ वटै उपसूचक राताम्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से ३१.७६ अकंले घट्दा कारोबार १ अर्ब २६ करोडमा खुम्चियो, १३ वटै उपसूचक राताम्य



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको थियो ।

बुधबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको थियो ।

यो साता नेप्से २ दिन मात्र खुल्दा २ वटै दिन राताम्य भएको छ । सोमबार ४८.७३ अकंले घटेको नेप्से चौथो दिनमा पनि भारी गिरावट आएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पैसाको चलहपहल हुने तथा माफियाहरुले गर्दा शेयर बजारमा निरन्तर गिरावट आएको हो ।

नेप्से घट्दा कारोबार पनि खुम्चिदा १३ वटै उपसूचकमा राताम्य भएको छ । आज बैंकिङ समूहको ०.८५ प्रतिशत, ब्यापार समूहको २.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशत, विकास बैंक समूहको २.१९ प्रतिशत, हाइड्रोपावर समूहको २.३३ प्रतिशत, फाइनान्स समूहको २.०३ प्रतिशत, निर्जीवन बीमा समूहको २.०१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८२ प्रतिशत, अन्य समूहको १.८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१४ प्रतिशत, जीवन बीमा समूहको २.३४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.४२ प्रतिशत शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्