यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । केही साता यता निरन्तर ओरालो लागेको नेप्से यो साताको २ दिन भने केही सुधार देखिएको छ । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच भइकोछ ।
नेप्से बढे पनि कारोबारमा भने खासै सुधार आउन सकेको छैन ।

आज कारोबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँमा सिमित हुदाँ जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै, माहुली लघुवित्तको ७.७७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ६.२७ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ५.७७ प्रतिशत र आरएसडिसि लघुवित्तको ५.३२ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीका हिमालयन उर्जा विकास रहेको छ । कम्पनीको शेयर आज ३.७८ प्रतिशतले घटेको हो । साथै, स्वरोजगारी लघुवित्तको ३.२४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकको ३.०४ प्रतिशत, समाता घरेलु लघुवित्तको २.९९ प्रतिशत र ज्योति लाइफ इन्स्योरेन्सको २.८३ प्रतिशतले शेयर घटेको छ ।


प्रतिक्रिया दिनुहोस्