नेप्से ५६.०६ अकंले बढ्दा कारोबार २ अर्ब, १३ वटै उपसूचक हरियाली

काठमाडौं । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको छ । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से यो साता निरन्तर उकालो लागि रहेको छ । आज नेप्सेमा सुधार आउदा कारोबार पनि सुधार आएको छ । नेप्से बढेर कारोबार पनि यो साता भन्दा बढ्दा सबै उपसूचकमा हरियाली छाएको छ ।
बुधबार बैंकिङ समूहको १.४९ प्रतिशत, ब्यापार समूहको १.०२ प्रतिशत, पर्यटन तथा होटलको १.७८ प्रतिशत, विकास बैंक समूहको ३.७५ प्रतिशत, हाइड्रोपावर समूहको ४.९७ प्रतिशत, फाइनान्स समूहको ४.३५ प्रतिशत, निर्जीवन बीमा समूहको २.३९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२९ प्रतिशत, अन्य समूहको १.७९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.२६ प्रतिशत, जीवन बीमा समूहको १.८२ प्रतिशत, म्युचुअल फण्डको ०.८३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३ प्रतिशतले शेय