नेप्सेमा २ कम्पनीको ३० % र १५ % बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल २४ लाख ८० हजार ४५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।