नेप्से ओरालो लाग्दा २ कम्पनीको शेयरमा सकारात्मक सर्किट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से ओरालो लाग्दा २ कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । आज नेप्से सामान्य अकंले ओरालो लागेको छ । शेयर बजारमा सामान्य अकंले घटेपनि नेप्सेमा भने सुधार आएको छ ।

मंगलबार भने नेप्से परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो । बुधबार नेप्से परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा २ कम्पनीको शेयरले भने सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी , बलेफी हाइडोपावर कम्पनीको सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्