नेप्सेमा निफ्राको उर्जा ऋणपत्र सूचीकृत « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्सेमा निफ्राको उर्जा ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बिहिबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २९ गतेदेखि पुष १४ गतेसम्म विक्री गरेको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत गरेको हो ।

बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र विक्रीपश्चात् पुस २१ गते बाँडफाँट गरेको थियो । बैंकले कुल २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो ।

निफ्रायूआर ८५।८६ स्टक सिम्बोलमार्फत सूचीकृत बैंकको ऋणपत्र आइतवारदेखि कारोबारयोग्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस्