नेप्सेमा दुई लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्सेमा दुई लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य ७४९ रुपैयाँको आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य ६७४ रुपैयाँ ७७ रुपैयाँ तोकेको छ ।

प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको शेयर मूल्य तोकेको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य ५५५ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य ५२० रुपैयाँ ९९ पैसा तोकेको हो ।

सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले ७११ रुपैयाँ ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य ८४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्