तीन कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१२ असार २०८२, बिहीबार

तीन कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको पहिलो कारोबारको दिन भने सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.८० अकंले घटेर १८८५.६० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ। आइतबार सनराइज ब्लुचिप फण्ड, आर्दश लघुवित्त र कालिञ्चोक दर्शनको सेयरमा सर्किट लागेको छ ।

साथै, तारागाउँ रिजेन्सि होटलको ६.९४ प्रतिशत, वीन नेपाल लघुवित्तको ३.९० प्रतिशत, बलेफि हाइड्रोपावरको ३.५१ प्रतिशत, माउन्टेन इनर्जी नेपाल लिमिटेडको २.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्