यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक « Arthapath.com
१२ असार २०८२, बिहीबार

यी कम्पनीका लगानीकर्ताले आज कमाए सर्वाधिक



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २.७१ अंकले घटेर १८८८.३२ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।

आज पिपल्स पावर लिमिटेडको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ८.११ बढेर प्रतिकित्ता २२ रुपैयाँ ५० पैसाले बढेर ३ सय रुपैयाँ पुगेको छ ।

साथै,एनआइबीएल प्रगति फण्डको ७.९४ प्रतिशत, नविल इक्वीटी फण्डको ३.९२ प्रतिशत, आखु खोला जलविद्युत कम्पनीको ३.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्