यी कम्पनीको लगानीकर्ता भए मालामाल « Arthapath.com
११ असार २०८२, बुधबार

यी कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १७.३६ अंकले बढेर १९०५.६८ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको कारोबार भएको छ ।

आज तारागाउँ रेजेन्सी होटलको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ८ प्रतिशतले बढेर ४० रुपैयाँले बढेर ५४० रुपैयाँ पुगेको छ ।

साथै, खप्तड लघुवित्तको ७.८५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको ५.१३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्