थप चार कम्पनीको १ करोड १७ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीवार नेप्सेमा दुई इन्स्योरेन्स कम्पनी र दुई लघुवित्तको १ करोड १७ लाख ७७ हजार कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस बापतको ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बापतको ३ लाख ९४ हजार ३९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस बापतको १३ लाख ८७ ह जार ४९८.३२२८ कित्ता र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बापतको ४१ लाख ७० हजार ५४७.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी चारै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्ममा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।