यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अंकले बढेर १८६९.७३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार एनआइबिएल ग्रोथ फण्डको लगानिकर्ताले सर्वाधिक कमाएछन् । कम्पनीको सेयर ९.८६ प्रतिशत अथवा ०.७५ रुपैयाँले बढेर ८.३६ रुपैयाँ पुगेको छ ।
साथै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ९.१६ प्रतिशत, सयपत्री हाईड्रोपावरको ८.३७,आत्मनिर्भर लघुवित्तको ८.२० प्रतिशत, मनकामना स्र्माट लघुवित्तको ७.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।
