यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
११ असार २०८२, बुधबार

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं। साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४अंकले घटेर १८३८.५९ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार आत्मर्निभर लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.१० प्रतिशतले अथवा प्रतिकित्ता ३८ रुपैयाँले बढेर ६६१ रुपैयाँ पुगेको छ ।

साथै, सिटिजन्स म्युचुअल फण्ड-१ को ५.८९ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ५.७१ प्रतिशत, इस्टन हाइड्रोपावरको ५.६६ प्रतिशत, कुमारी इक्वीटी फण्डको ५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्