यी १० कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अंकले घटेर १८१८.३१ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच हुदाँ ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।
सोमबार एनआइबिएल ग्रोथ फण्डका इकाईधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ९.८८ प्रतिशत अथवा ०.७५ रुपैयाँले बढेर ८.३४ रुपैयाँ पुगेको छ ।
साथै, आत्मनिर्भर लघुवित्तको ६.११ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ६.०४ प्रतिशत, सिभिल लघुवित्तको ४.४९ प्रतिशत, नयाँ सारथी लघुवित्तको ४.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
