थप दुई कम्पनीको २२ प्रतिशत र ७ प्रतिशत बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । थप दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेमा बुधवार छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत र युनाईटेड मोदी हाइड्रो पावरको ७ प्रतिशत बातपको ५९ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा छिमेकको ५१ लाख १३ हजार २० कित्ता र युनाईटेड मोदी हाइड्रो पावरको ८ लाख ५ हजार कित्ता बोनस सेयर सेयर सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।