आइतबार एक कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंकले बढेर १९१९.३७ को बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथवा ३७ रुपैयाँ ८ पैसाले बढेर ४०७ रुपैयाँ ९० पैसा कायम रहेको छ ।
साथै, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, सोल्टी होटल, तारा गाउँ सेजेन्सी होटेल, माहुली लघुवित्त, ओरियन्ट होटलको सेयर मूल्य बढेको छ ।
