फेरि उच्च दरमा बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ? « Arthapath.com
९ असार २०८२, सोमबार

फेरि उच्च दरमा बढ्यो चन्द्रागिरी हिल्सको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?



काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन चन्द्रागिरीको सेयर मूल्य सर्किट लेभलमा बढेको हो ।

सोमबार कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ११४ रुपैयाँले बढेको छ । योसंगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २५६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज १ करोड ६५ लाख ६९ हजार रुपैयाँ बराबरको १४ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्