आठ कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
८ असार २०८२, आईतबार

आठ कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अ‍ैकले बढेर २०९४.३३ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँको कारोबार भएको छ ।

आज आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आइबार नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मर्निभर लघुवित्त वित्तीय संस्था, मेन्छिमाम हाइड्रोपावर,सटि होटल र माहुली लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै,साधना लघुवित्त वित्तीय संस्थाको सेयर ९.८३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्