कारोबार खुल्ला भएको एक घण्टामा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं । कारोबार खुल्ला भएको १ घण्टामा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
सोमबार बिविडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, सिटी होटलको सेयरमा सर्किट लागेको हो । समाचार तयार गर्दा सम्म नेप्से ५.२१ अंकले बढेर २०९९.५३ को बिन्दुमा पुगेको छ ।
अहिले १ अर्व ५३ करोड ३४ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएको छ ।
