सिटी होटलको सेयरमा सकरात्मक सर्किट « Arthapath.com
८ असार २०८२, आईतबार

सिटी होटलको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता किनबेच हुदाँ ३ अर्व ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको होे । कम्पनीको सेयर ९.९७ प्रतिशत अथवा प्रतिकित्ता २३ रुपैयाँ ७० पैसाले बढेर २१६ रुपैयाँ ४० पैसा पुगेको छ ।

साथै, सोल्टी होटलको ७.४४ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको ६.१० प्रतिशत,इङवा हाइड्राृपावरको छ.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्